शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत क्रुद्ध हुँदा पनि मलेशियाका प्रधानमन्त्रीले भने, ‘भारतले जम्मू कश्मीरमा आक्रमण गरेरै कब्जा गरेको हो’

बुधबार, ०६ कात्तिक २०७६, १४ : ०६
बुधबार, ०६ कात्तिक २०७६

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफू कश्मिरबारे बोलेको कुरामा अडिग रहेको बताएका छन् ।

महाथिर मोहम्मदले अघिल्लो महिना सेप्टेम्बर २४ मा संयुक्त राष्ट्र संघको आम–सभामा बोल्ने क्रममा ‘भारतले जम्मू कश्मीरमा आक्रमण गरेरै कब्जा गरेको’ टिप्पणी गरेका थिए ।

मलेशियाली प्रधानमन्त्रीको भनाईप्रति भारतले आपत्ती जनाएको थियो । त्यस यता दुई देशको सम्बन्धमा चिसोपन आएको छ । यसले भारत र मलेशियाबीच ‘व्यापार युद्ध’को जस्तो अवस्था उत्पन्न भएको छ ।

भारत मलेशियाली पाम तेलको सबैभन्दा ठूलोमध्ये एक बजार हो । तर अहिले भारतीय तेल व्यापारीले मलेशियाको तेल बहिष्कारतर्फ अघि बढेका छन् । त्यसका बावजुद मलेशियाली प्रधानमन्त्रीले कश्मीरबारे आफू अडिग रहेको बताएका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार महाथिर मोहम्मदले मंगलबार संचारकर्मीसँग कुरा गर्ने क्रममा भने ,‘ हामी मनबाट बोल्छौं र बोलेको कुराबाट पछि हट्दैनौं । हामीले संयुक्त राष्ट्र संघमा प्रस्तावको रुपमा यसको समाधान हुनुपर्ने बताएका छौं । आखिर सयुक्त राष्ट्र संघ भनेकै समस्या समाधानको लागि न हो ।’

उता सोमबार नै भारतको वनस्पति तेल सम्बन्धी एक शीर्ष व्यापारी निकायले आफ्ना सदस्यलाई मलेशियाबाट पाम तेल किन्न बन्द गर्न भनेको थियो ।

अगस्ट ५ मा भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा अन्त्य गरेको थियो । त्यसपछि मलेशियाले भारतको कदमको आलोचना गरिरहेको छ । तथापि भारतले कश्मीरलाई आफ्नो आन्तरिक मामिला बताउँदै आएको छ ।

महाथिरले पाम तेल आयात रोक्न मुम्बईस्थित ‘सोलभेन्ट एक्स्ट्रयाक्टर्स एसोसिएशन अफ इण्डिया’बाट भएको आह्वानबाट के कति असर हुनेबारे अध्ययन हुने बताए । तथापि भारत सरकारले मलेशियाको पाम तेल आयात रोक्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

पाम ओयलको निर्यातबारे पनि महाथिरले मंगलबार टिप्पणी गरे । उनले भने ,‘यो भारत सरकारले गरेको अपील होइन । जसले यो निर्णय गरे तीसँग कसरी कुराकानी गर्ने भनेर हामीहरु ख्याल गरिरहेका छौं ।’

अर्को तर्फ मलेशियाको उद्योगमन्त्री टेरेसा कोकले भारतीय व्यवसायको तर्फबाट आफ्नो देशको उत्पादन बहिष्कार हुनुलाई चिन्ताजनक भएको टिप्पणी गरे । 

अघिल्लो आर्थिक वर्ष, मलेशियाले भारतमा १०.८ अर्ब डलरको सामाग्री निर्यात ग¥यो भने ६.४ अर्ब डलर आयात ग¥यो ।

भारतले खरिद रोक्ला भन्ने डरमा पाम तेलका कम्पनीको सेयरमा समेत ¥हास आएको छ । भारत सन् २०१८ मा मलेशियाली पाम तेलको तेस्रो ठूलो आयातक देश थियो ।

सम्बन्ध सुधारको लागि मलेशिया सरकारले अघिल्लो साता भारतबाट चीनि र भैंसीका मासुको आयात बढाउने विचार गरिरहेको बताएको थियो ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप