बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवन जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बुधबार, ०६ कात्तिक २०७६, १३ : ५६
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

चितवन स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही कार्तिक ४ गते चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका बीच उद्घाटन गरे । 

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप