बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र एमालेको तालमेलले कांग्रेस पछि हट्यो

बुधबार, ३२ साउन २०७४, २० : १३
बुधबार, ३२ साउन २०७४

दाङ– जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेकपा एमालेका जीतेन्द्रमान नेपाली निर्वाचित भएका छन् ।  

एमाले र नेकपा माओवादी केन्द्रबीचको तालमेल र नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवारी नदिएपछि समितिको प्रमुखमा नेपाली निर्विरोध निर्वाचित भएका हुन् ।  

त्यस्तै, आज भएको निर्वाचनमा समितिको उपप्रमुखमा माओवादी केन्द्रका श्रीधर शर्मा पौडेल १२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका नित्यानन्द शर्माले आठ मत ल्याएका थिए । 

एमालेबाट सदस्यमा तीलाकुमारी बुढाले १९, सावित्री रिजालले १९ देवीराम थारु कुमालले १९ र जक्तबहादुर बस्नेतले पनि १९ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।  

त्यसैगरी, माओवादी केन्द्रबाट शुभद्रा भण्डारी १२ र खिमबहादुर घर्तीले पनि १२ मत सहित सदस्यमा निर्वाचित भएका छन् । समितिमा काँग्रेसका लोकीकुमारी विश्वकर्मा २० मत ल्याएर सदस्यमा निर्वाचित भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप