बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राम रहिमलाई जेलभित्रै ज्यानको खतरा, डाक्टरले अदालतसँग सुरक्षा बढाउन माग गरे

बुधबार, ०६ कात्तिक २०७६, १३ : ३६
बुधबार, ०६ कात्तिक २०७६

डेरा सच्चा सौदाका प्रमुख गुरमित सिंह राम रहिमलाई जेलभित्रका अन्य कैदीले प्रताडना दिइरहेको र उनको हत्याको षड्यन्त्र पनि रचिएको बताइएको छ ।

यसैलाई आधार बनाएर मंगलबार पंजाब तथा हरियाणा हाइकोर्टमा याचिका दर्ता गरिएको छ । यसबारे चाँडै नै सुनुवाईको मागसमेत गरिएको छ । राम रहिम यौन शोषणको मामलामा २० वर्ष र पत्रकार छत्रपति हत्याकाण्डमा रोहतकको सुनारिया जेलमा जन्मकैदको सजाय काटिरहेका छन् ।

डेरा अस्पतालका डाक्टर मोहित गुप्ताले राम रहिममाथि जेलभित्रै तीनपटक हमला भइसकेको जानकारी दिएका छन् । उनका अनुसार समर्थकलाई जेलमा भेट्न दिइएको छैन । यसका साथै आरटीआईमार्फत् पनि कुनै सुचना नपाइएको उनले बताएका छन् । उनीहरुले याचिकामा राम रहिमलाई अदालतमा पेश गराउन र उनको सुरक्षा बढाउने माग उच्च न्यायलयसँग गरेको छ ।

जेलमा अनुयायीको हत्याले राम रहिमलाई खतराः

डा. गुप्ताले २२ जूनमा उच्च सुरक्षा भएको नाभा जेलमा डेराका एक अनुयायीको हत्या भएको  जानकारी पनि दिए । उनका अनुसार डेराका अनुयायी निकै चिन्तित भएको र राम रहिमको सुरक्षाको विषयमा निकै चिन्तित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप