शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढ्यो

बुधबार, ०६ कात्तिक २०७६, १३ : २१
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएको छ ।

कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय गरेसँगै उनीहरुको माग सम्बोधन भएको हो । 

कामदारहरुले बुधबार माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने जस्ता कामहरु बन्द गरिएको घोषणा गरेका थिए । लगत्तै कोषले उनीहरुको माग सम्बोधन गर्दै पारिश्रमिक बढाउने निर्णय गरेको हो ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार शवदाह सेवा शुल्क रु १२०० बाट बढाएर १५०० बनाइएको छ । त्यसैगरी, १० वर्षसम्मको बच्चाको शबदाह शुल्क ७०० बाट ९०० पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२०० बाट २५ प्रतिशत बढेर १५०० पुगेको छ । 

त्यस्तै, दाउरा परिवहन तथा चिता निर्माण ४०० बाट बढाएर ६०० बनाइएको ढकालले जानकारी दिए ।  चपरी खनेवापत दिइँदै आएको रकम पनि ३०० बढाएर ४०० पुर्याइएको ढकालले जानकारी दिए । 

यसैगरी काठमाडौँ महानगरपालिका ७,८,९ भित्रबाट शब बोकेको शुल्क १५०० तोकिएको छ भने ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेको २ हजार र शब वाहनमा सहयोग गरेको १५ सय निर्धारण गरिएको छ । 

सो शुल्कमा १० प्रतिशत सेवा सुविधा थप गरिने व्यवस्था समेत गएिएको छ । कामदारहरुको औषधि उपचार खर्च ५ हजार बाट बढाएर १५ हजार बनाइनुका साथै अस्पताल खर्चवापत दिइँदै आएको २० हजारलाई बढाएर  ३० हजार बनाइएको छ । यस्तै अवकाशपछि ५० हजार दिने व्यवस्था पनि गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप