बालुवाटारमा दुई दलको छलफल ‘सकारात्मक’ : तर, सत्य निरुपण तथा वेपत्ता आयोगमा अझै जुटेन सहमति
काठमाडौँ– केही समययता सत्तापक्ष र प्रतिपक्षबीच टाढिएको सम्बन्धलाई साँघुरो बनाउँदै लैजान दुवै दल सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलबीचको अनौपचारिक छलफलमा मुलुकका प्रमुख मुद्दामा सत्तापक्ष प्रतिपक्षको सुझाव र सहयोग लिएरै अघि बढ्न तयार भएको हो ।
बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको उपस्थितिमा नेपाली काँग्रेससँग भएको छलफलमा यस्तो सहमति भएको नेकपा स्थायी समितिका सदस्य सुवास चन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी दिनमा छलफललाई निरन्तरता दिन समेत दुवै दल सहमत भएका छन् ।
‘दुई दलबीचको छलफल र सम्वादलाई निरन्तरता दिने विषयमा कुुराकानी भयो । त्यस्तै प्रमुख मुद्दाहरुमा सबै मिलेर जाने विषयमा पनि सामान्य छलफल भयो,’ बैठकपछि नेता नेम्वाङले रातोपाटीलाई बताए । उनका अनुसार संवैधानिक परिषद्को बैठक, सभामुख चयन सत्य निरुपण तथा वेपत्ता आयोग लगायतका विषयमा बुधबार सामान्य छलफल भएको र अर्को बैठकमार्फत् ठोस निर्णयमा पुग्न दुवै दलका नेताले सहमति जनाएका छन् ।
छलफलमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल सहभागी थिए । काँग्रेस नेता रिजालले समसामयीक विषयमा कुराकानी भएको जानकारी दिए । ‘त्यस्तो समाचार बन्ने कुनै छलफल भएन । सामान्य हाइहेलो मात्र भयो,’ नेता रिजालले भने ।
गत सोमबार पनि दुई दलका शीर्ष नेताबीच छलफल भएको थियो । सो छलफलमा शान्ति प्रकृयाका बाँकी काम टुङ्गोमा पुर्याउन ल्याएको विधेयकबारे छलफल भएको थियो । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक ल्याएपनि आयोगले पूर्णता पाउन सकेको छैन । प्रमुख राजनीतिक दलहरुबीच आयोगलाई पुर्णता दिनेबारे पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । यसअघि दलहरुले सत्यनिरुपण आयोगको अध्यक्षमा रमण श्रेष्ठलाई सिफारिस गरेपनि उनले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)