शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा नेपाली फुटबल टोलीको पहिलो जित

बुधबार, ३२ साउन २०७४, १९ : ५५
बुधबार, ३२ साउन २०७४

काठमाडौँ । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ । 

जापानमा आज भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका तेइस वर्षमुनि (यु–२३) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । 

नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । जापानका खेलाडीले खेलको २५ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । 

त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय ९९० प्लस १ ० मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । 

नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ जसअन्तर्गत नेपालले भोलि आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप