शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व उपप्रधानमन्त्री निधि अस्पतालबाट डिस्चार्ज

बुधबार, ३२ साउन २०७४, १९ : ४५
बुधबार, ३२ साउन २०७४

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई स्वास्थ्य उपचारपछि बुधवार साँझ ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ  । 

नेता निधिलाई ग्यास्ट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिए । डाक्टर पाठकका अनुसार निधिले अब केही दिन पूर्ण रुपमा आराम गर्नुपर्नेछ । सोमबार राति अचानक पेट दुखेपछि निधि ओम अस्पतालमा भर्ना भएका थिए ।

आज बिहान अस्पताल पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा सहित मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप