शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको प्रश्नः निर्वाचनअघि संशोधन प्रस्ताव किन ? देउवाको जवाफ– जे भोभो छिनोफानो गरौं

एमालेले भन्यो– संशोधनमा होइन, राहत वितरणमा सहयोग गरिन्छ
बुधबार, ३२ साउन २०७४, १९ : ४५
बुधबार, ३२ साउन २०७४

एमालेले भन्यो– संशोधनमा होइन, राहत वितरणमा सहयोग गरिन्छ 

काठमाडौं– ब्यवस्थापिका संसदको बैठकमा बुधबार पेश गर्ने तयारीमा रहेको संविधान संशोधन प्रस्ताव रोकेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने अन्तिम कसरत गरे ।

बाढीपहिरो र डुबानले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउन एमाले अध्यक्ष ओली बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यही मौकामा प्रधानमन्त्री देउवाले संशोधन प्रस्तावमा सहयोग गर्न पुनः आग्रह गरे । तर उल्टै ओलीले निर्वाचनअघि प्रस्ताव किन ल्याउने भनी प्रश्न तेर्साए ।

प्रधानमन्त्री देउवाले प्रस्ताव अघि बढाउनेमा मात्रै भए पनि  सहमति जनाउन ओलीसँग आग्रह गरे । ‘जे भो भो भोटिङबाट भए पनि छिनोफानो गरौं,’ देउवाले आग्रह गरे, ‘आजै भोटिङ गरेर छिनोफानो गरौं ।’ एमाले अध्यक्ष देउवाले भने संशोधन प्रस्ताव होइन, बाढीपहिरोपीडितको उद्धारमा सबै मिलेर जान सकिने भन्दै प्रसंग मोड्न खोजे ।

राहत तथा उद्धार कार्यमा सरकारको प्रयास पूर्ण नभएको भन्दै ओलीले सबै मिलेर राहतमा जुट्न आग्रह गरे । राहत वितरणमा सहयोग गर्न आफ्नो पार्टी तयार रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको भेटमा सहभागी एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

पीडितलाई सरकारले १५ हजार दिने निर्णयको पनि एमालेले आपत्ति जनाएको छ । पीडितलाई कम्तीमा एक लाख रुपैयाँ दिन एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको थियो । साथै निर्वाचनको तयारी गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको थियो । अाेली नेतृत्वकाे टोलीले प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र समेत बुझाएकाे थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप