दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने
भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।
असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो ।
उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।
सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो ।
सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभाले ‘आसामको जनसंख्या र महिला सशक्तीकरण नीति’ पास गर्दै दुईजना बच्चा हुनेहरुलाई मात्र सरकारी जागिरको लागि योग्य मान्ने व्यवस्था गरेको थियो । साथै, सरकारी जागिरमा रहेकाहरुलाई पनि सोही दुई सन्तानको नीतिलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो ।
त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ । त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई तीन विगाह जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्ने धम्की दिएर ६६ वृद्धा बलात्कृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
-
दुई जनाको मृत्यु भएको कोठाभित्र रोइरहेकी थिइन् साढे २ वर्षकी बालिका
-
जर्मनीको फ्रयाङ्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
-
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल
-
नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू