बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको क्लिन स्वीप

मङ्गलबार, ०५ कात्तिक २०७६, २२ : ४५
मङ्गलबार, ०५ कात्तिक २०७६

एजेन्सी-दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । राँचीमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा भारतले दक्षिण अफ्रिकालाई एक इनिङ दुई सय दई रनले हराउँदै क्लिन स्वीप गरेको हो । यससँगै भारतले सिरिज ३–० ले कब्जा गर्यो । भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो इनिङमा एक सय ३३ रन जोड्दै अलआउट भएको थियो । यसअघि पहिलो इनिङमा एक सय ६२ रन जोड्दा भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको थियो ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाको प्रदर्शन फितलो बनेको थियो । दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङमा थुनिस डी ब्रुयनले सर्वाधिक ३० रन बनाए ।  जर्ज लिन्डेले २७ र डेन लोरीले २३ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मोहमद शामीले तीन  विकेट लिए । शाहबाज नादीम र उमेश यादवले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार सय ९७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले दुई सय १२ रनको दोहोरो शतक बनाएका थिए । उनी प्लेयर अफ दि सिरिज घोषित भए । अजिन्का रहानेले एक सय १५ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप