शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई निर्वाचन गराउन मिल्दैन: देवेन्द्र पौडेल

मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : १०
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन् । नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनुसन्धान भइरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका हुन् ।

उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढन तयार रहेको नेता पौडेलको भनाई छ ।

नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप