एक्ससीएमजीको नयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा
काठमाडौं– एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।
नेपालका लागि एक्स.सी.एम.जी.को एक मात्रै आधिकारिक बिक्रेताको रुपमा आई.डी.एम.सी रहेको छ । यसको मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको छ साथै नेपाल अधिराज्यभरी ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ । कम्पनीले यही अक्टोबर १८ मा सोल्टी होटलमा एक्स.इ. २१५ सी एक्साभेटर लन्च गर्यो ।
एक्काइस हजार नौं सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ ।
यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ । यो एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता