बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली-प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैन, भयो भने देशकै लागि दुर्भाग्य  : नेता पौडेल

मङ्गलबार, ०५ कात्तिक २०७६, १६ : २०
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डकोबीचमा भएको खटपट सामान्य भएको बताएका छन् । 

आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केही असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुई अध्यक्षबीचमा नभएको पौडेलले दावी गरे ।

मंगलवार राजधानीमा आयोजना आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डकोबीचमा अहिले विवाद भयो भने देशकै लागि दुर्भाग्य हुने बताए । 'कार्यशैली , सोच र स्वभावका कारण केही विवाद भएको जस्तो देखिएको हो तर उहाँहरुको विचमा कुनै गम्भीर मतभेद छैन',  पौडलले भने । दुई नेताका विचमा भएको सहमति कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिगो पार्टी रहेकाले केही असमझदारी भए पनि बार्ता र छलफलबाट नै समाधान गरिनु पर्ने उनले बताए ।

पौडेलले अहिले नै नयाँ सभामुख कोहो  भनेर चर्चा गर्नु हतारो हुने पनि बताए । तत्कालीन सभामुखले नैतिकताका आधारमा राजीनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिलेनै नयाँ सभामुखको खोजी गर्न नहुने उनको भनाइ थियो। अब नयाँ सभामुख चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलीय सहमतिका आधारमा चयन हुने पनि पौडेलले बताए ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्तारुढ  नेकपाले यसअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका आधारमा संविधान मिचेर चयन गरेकाे दाबी गर्दै अब भने नेपाली कांग्रेसले त्यस्तो प्रवृतिको सशक्त प्रतिवाद गर्ने बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दलबाट हुनपर्ने व्यवस्थालाई यसअघि नेकपाले उलंघन गरेकाे उनले आराेप लगाए ।

 विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दा माथि कोहि नभएकाले जुन सुकै ओहदाको भए पनि दोषीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा काँग्रेस प्रतिवद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप