शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशसँग प्रेमको विषयमा बोलिन् पूजा – यो फिल्म प्रमोशनको मसला मात्र हो

मङ्गलबार, ०५ कात्तिक २०७६, १२ : ०९
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं – अभिनेत्री पूजा शर्माले फिल्म ‘पोइ पर्यो काले’ अभिनय गर्नुको पहिलो कारण कथावस्तु भएको बताएकी छन् ।

‘जब मैले निर्देशक शिशिर दाइबाट फिल्मको कथा सुनेँ । लाग्यो यो फिल्मले मेरो करियरमा इटा थप्नेछ’ पूजाले भनिन् ‘धेरै लभस्टोरी फिल्म गरिसकेको मलाई फरक जनराको बलियो कन्टेन्टको आवश्यक थियो । त्यो यसमा पाएँ ।’

आफूलाई अभिनयमा अझै बलियो बनाउन कमेडी जनरामा बनेको ‘पोइ पर्यो काले’ अभिनय गरेको उनको भनाइ थियो । 

आइतबार साँझ कुपन्डोलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूजाले ‘पोइ पर्यो काले’ आफूलाई विश्वास गरेर हलसम्म आउने दर्शकले निरास हुनु नपर्ने फिल्म बनेको बताइन् ।

पूजा अहिले ‘म यस्तो गीत गाउछु’ फिल्मको सुटिङमा व्यस्त छिन् । त्यसैले पनि उनले यो फिल्मको प्रमोशनमा राम्रो समय दिन सकेकी छैनन् । 

अर्काे कुरो निर्देशक सुदर्शन थापाको क्याम्प बाहिर पहिलो पटक उनले यो फिल्ममा काम गरेकी हुन् । त्यसैले पनि उनले प्रचार प्रसारमा आवश्यक समय नदिएको आरोप लाग्ने गरेको छ ।

कार्यक्रममा उनले उक्त आरोपको समेत खन्डन गरिन् । ‘मैले सकेसम्म फिल्मको लागि समय दिएको छु’ उनले थपिन् ‘अहिले पनि सुटिङ छोडेर यसका लागि आएकी हुँ ।’ निर्देशक सुदर्शनको क्याम्प बाहिर आफूले पहिलो पटक काम गरेको ‘पोइ पर्यो काले’ भएकोले करियरको उचाइको लागि यो फिल्मको सफलता आफूले महत्वपूर्ण ठानेको उनले सुनाइन् ।

फिल्म अभिनय भन्दा पनि पूजाको पछिल्लो समय अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्धको विषय मिडियामा चर्चामा छ । 

अभिनेता श्रेष्ठसँग आफ्नो नाम जोडिएर आएजस्तो प्रेममा नरहेको उनले बताइन् । ‘आकाश र म राम्रो साथी हो । फिल्ममा केमेस्ट्री रुचाउनु भएको छ । बाहिर हामी झगडा गर्दा के सन्देश जान्छ’ उनी भन्दै थिइन्

‘फिल्म झै बाहिर पनि राम्रो दोस्ती छ । त्यसलाई मानिसले विभिन्न अनुमान गर्नु भएको हो ।’ उनले आकाशसँगको प्रेमको हल्ला फिल्म प्रमोशनको मसला मात्र भएका सुनाइन् ।
कार्यक्रममा अभिनेता आकाश श्रेष्ठ आफूले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा ‘पोइ पर्यो काले’ फरक रहेको बताए ।

‘अधिकाँस फिल्ममा मैले सोझो केटाको चरित्र निर्बाह गरेको थिएँ’आकाशले भने ‘यो फिल्ममा भने चन्चले केटाको रुपमा देखिदै छु ।’ फरक भूमिका निर्वाहका लागि निकै मिहेनत गर्नु परेको बताएका आकाशले

दर्शकको मायाको अपेक्षा समेत रहेको सुनाए । आकाशले पनि पूजासँग प्रेम नरहेको स्पष्ट पारे ।

निर्देशक शिशिर राणाले ‘पोइ पर्यो काले’ सामाजिक कथावस्तुमा निर्माण भएको कमेडी जनराको फिल्म भएको बताए । ‘फिल्मले  मानिसको बाहिरी आवरण भन्दा पनि  भित्री आवरणमा ध्यान दिन सन्देश दिन्छ,’ राणाले भने ‘यो सबैले एकपटक हेर्नु पर्ने फिल्म हो । फिल्मको कथा धेरै पुरानो गीत ए दिदी पाइपर्यो कालेबाट प्रभावित भएर बनाएको खुलाए ।

फिल्ममा पूजा र आकाशको अलवा सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सांसद राजीव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मको कार्यकारी निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप