बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि दावेदार आर्सनललाई सेफिल्डको झट्का, १–० ले पराजित

मङ्गलबार, ०५ कात्तिक २०७६, ११ : ३९
मङ्गलबार, ०५ कात्तिक २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार आर्सनललाई नवप्रवेशी टोली सेफिल्ड युनाइटेडको नमिठो झट्का लागेको छ ।

 सोमबार राति भएको खेलमा आर्सनल घरेलु टोली सेफिल्डसँग १–० गोलले पराजित भयो । सेफिल्डको जितमा लेस मोउसेटले ३०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मोउसेटले ज्याक ओ कोनेलको कर्नर पासमा पोस्ट नजिकबाट गोल गरेका थिए । 

दोस्रो हाफमा प्रदर्शनमा सुधार गरेपनि आर्सनलले अन्तिमसम्म गोल फर्काउन सकेन । सेफिल्डले पनि केही राम्रा अवसर गुमाएको थियो । हारसँगै आर्सनलले तेस्रो स्थान कब्जा गर्ने मौका गुमायो । नौ खेलबाट १५ अंक बनाएको आर्सनल पाँचौं स्थानमा छ । 

जितसँगै नौ खेलबाट १२ अंक बनाएको सेफिल्ड नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २५ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक छ । तेस्रो र चौथो स्थानमा रहेका लेस्टर सिटी र चेल्सील समान १७ अंक बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप