शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोबोटलाई चाहियो मानिसको अनुहारः दयालु, मिलनसार अनुहारलाई कम्पनीले दिनेछ १ करोड ४७ लाख रुपैयाँ

मङ्गलबार, ०५ कात्तिक २०७६, ११ : ३८
मङ्गलबार, ०५ कात्तिक २०७६

लण्डनको एउटा टेक कम्पनी जियोमिकले रोबोटका लागि मानवीय अनुहारको खोजी गरिरहेको छ । कम्पनीले यसका लागि १ लाख पाउन्ड (१ करोड ४७ लाख रुपैयाँ) दिनका लागि तयार पनि छ । तर यसका लागि शर्त यो छ कि अनुहार दयालु र मिलनसार हुनपर्छ ।

मानिसको चयन गरेपछि कम्पनीले ती व्यक्तिसँग सम्झौता गर्नेछ र रकम पनि प्रदान गर्नेछ । ठ्याक्कै मानिसजस्तै देखिने रोबोट बनाउने उद्देश्यसहित कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार रोबोटको नाम भर्चुअल फ्रेन्ड हुनेछ । रोबोटको निर्माण अर्को वर्ष सुरु हुनेछ । अहिले रोबोट निर्माणको योजना कहाँसम्म पुगेको छ यसबारे कम्पनीले कुनै जानकारी भने दिएको छैन । कम्पनीले भनेको छ, ‘तर यो स्पष्ट छ कि जुन व्यक्तिले आफ्नो अनुहार बेचेका छन्, उसलाई हामीले निजी रुपमा पैसा दिएका छौं । यी व्यक्तिले चीनमा लगानीसमेत गरेका छन् ।’

कम्पनीले थपेको छ, ‘हामीलाई थाहा छ कि यो निकै फरक किसिमको माग हो, जुन विशेषगरी भिन्न देखिने व्यक्तिका लागि हो । कुनै पनि व्यक्तिका लागि आफ्नो अनुहारको लाइसेन्स एग्रीमेन्ट गराउनु एउटा ठूलो निर्णय हो ।’

कम्पनीका अनुसार मोडल तयार भएपछि सम्झौता गरिसकेका व्यक्तिको हुबहु अनुहार तयार गरेर रोबोटमा फिट गरिनेछ । यो कुनै साधारण रोबोटजस्तो देखिने छैन, उसको आफ्नो भिन्न पहिचान हुने कम्पनीले जानकारी दिएको छ ।

रोबोटिक्स कम्पनीले यो विशेष ह्युमेनोइड रोबोटमाथि विगत पाँच वर्षदेखि काम गरिरहेको छ । प्रोजेक्टको आइडिया लिक नहोस् भनेर विशेष सावधानी अपनाइएको छ । यद्यपि, अब कम्पनीले अर्को चरणमा रोबोट निर्माणका लागि जसको पनि अनुहार प्रयोग गरिनेछ त्यसको पूरा विवरण दिने जानकारी दिएको छ । यस्तै, रोबोट्सले मानिसको जागिर खोस्ने भएकाले रोबोटिक्सको क्षेत्रमा यो कदम निकै महत्वपूर्ण हुने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप