शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरुवा बढुवाका लागि सिफारिस गर्नेलाई ठाउँको ठाउँ कारबाही’

हिउँदमा समेत लोडसेडिङ हुन नदिन विशेष कार्ययोजनाः मन्त्री शाही
बुधबार, ३२ साउन २०७४, १८ : २५
बुधबार, ३२ साउन २०७४

हिउँदमा समेत लोडसेडिङ हुन नदिन विशेष कार्ययोजनाः मन्त्री शाही

काठमाडौं– ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीको सरुवा बढुवामा सोर्स फोर्स लगाउनेलाई ठाँउको ठाँउ कारवाही गरिने बताएका छन् ।
ऊर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सरुवा बढुवामा नेताका तर्फबाट कर्मचारीको लिस्ट बन्ने प्रवृत्तिको अन्त्यका लागि आफूले कडा कदम चाल्ने बताए । 

उनले नेताका तर्फबाट आउने लिस्ट खारेज गरिने र त्यस्ता कर्मचारीको सरुवा बढुवा समेत नहुने बताए । आफूले काम र योग्यताका आधारमा सबै कर्मचारीको समानुपातिक रुपमा कोही कसैलाई पनि अन्याय नहुने गरी काम गर्ने मन्त्री शाहीको भनाइ थियो । 

चुहावट नियन्त्रणमा नलाग्ने, भित्र भित्र मिलेमतोमा काम गर्ने र जनतालाई सेवा नदिनेका हकमा समेत कारवाही हुने उनले प्रतिवद्धता जनाए । प्राधिकरणले वितरण गरिरहेको विद्युत् मध्ये हाल २३ प्रतिशत चुहवाट भइरहेको जानकारी दिदै उनले आगामी केही समयभित्रै चुहावट १८ प्रतिशतमा झार्ने बताए । 

मन्त्री शाही ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालयले विभिन्न कार्ययोजना अगाडि सारेको, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्ययोजनाका साथ काम गरिरहेको उल्लेख गरे ।

आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिन मन्त्रालयले विशेष कार्ययोजनाका साथ काम गरिरहेको र लोडसेडिङ हुन नदिन सबै उपाय अपनाइने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप