शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले धनाढ्य नागरिकको संख्यामा अमेरिकालाई समेत उछिन्यो

मङ्गलबार, ०५ कात्तिक २०७६, १० : २९
मङ्गलबार, ०५ कात्तिक २०७६

एजेन्सी । धनी नागरिकको संख्याको आधारमा चीनले अमेरिकालाई उछिनेको छ ।  सम्पन्न चिनियाँ नागरिकको संख्याले अमेरिकी धनीको संख्यालाई पहिलो पटक उछिनेको हो । 

क्रेडिट स्वीस बैंकको रिपोर्टमा यो परिणाम उल्लेख छ । उक्त बैंकको वार्षिक समृद्धि सर्वेक्षणले विश्वको सबैभन्दा धनी मानिसको शीर्ष १० प्रतिशतमा १० करोड चिनियाँ मानिस रहेको र सो मापनमा अमेरिकीको संख्या ९.९ करोड मानिस देखाएको छ । 

रिपोर्टले ‘उदाउदो अर्थतन्त्रबाट पूर्ण बजार अर्थतन्त्रतर्फ तीव्र रुपान्तरण भइरहेको चीन’ले ठूलो संख्यामा धनाढ्यको संख्या निर्माण गर्न सघाएको बताएको छ । 

‘पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार तनावको बावजुद धन निर्माणमा दुवै देशले बलियो प्रदर्शन गरेका छन् । अमेरिका र चीनले क्रमशः ३८ खर्ब डलर र १९ खर्ब डलर नयाँ धन सिर्जना गरे ,’ क्रेडिट स्वीसको अर्थशास्त्र र अनुसन्धान विभागको विश्व प्रमुख ननेट हेक्लर–फेदहेरर्वले भनिन् । 

विश्वको शीर्ष धनाढ्य १० प्रतिशतमा पर्नको लागि १ लाख ९ हजार ४३० अमेरिकी डलर वचत भएको हुनपर्छ । यो मापनका आधारमा चीन अमेरिकाभन्दा अघि भएको भए पनि अत्यन्त धनीको हकमा भने अमेरिका निकै अगाडि छ । अमेरिकामा अझै पनि विश्वका कुल डलर–मिलिनियरको ४० प्रतिशत बसोबास गर्छन् । 

अघिल्लो वर्ष अमेरिकामा मात्रै डलर–मिलिनियरको संख्या ६ लाख ७५ हजारले बढेर १ करोड ८६ लाख पुग्यो । यसको अर्थ प्रत्येक १४ वयस्य अमेरिकीमध्य एक जना मिलिनियर छन् । 

चीनमा भने डलर मिलिनियरको संख्या ४४ लाख छ । यो संख्या विश्वको कुल मिलिनियरको संख्याको १० प्रतिशत हो । 

सन् २०१८मा विश्वभरी धनाढ्यको संख्या ४ करोड ६८ बढी थियो । तिनको सम्पत्तिको कुल योग १,५८३ खर्ब अमेरिकी डलर थियो । यो विश्वको कुल सम्पत्तीको ४४ प्रतिशत हो । 

क्रेडिट स्वीस बैंकको विश्वव्यापी धन पूर्वानुमान अनुसार अघिल्लो वर्षभरी विश्वव्यापी सम्पत्तिमा २.६ प्रतिशले वृद्धि भयो। बैंकको पूर्वानुमान अगामी पाँच वर्षमा विश्वको विश्वव्यापी धनमा २७ प्रतिशतले वृद्धि हुने र यो सन् २०२४ सम्म ४,५९० खर्ब डलर पुग्नेछ । साथै उक्त अवधिमा डलर–मिलिनियरको संख्या ६.३ करोड पुग्नेछ । 

रिपोर्टमा सन् १९८० को शुरुदेखि सन् १९९० को दशकको अन्त्यबीचमा जन्मिएका उमेर समूहका मानिसहरु सबैभन्दा न्युन आय भएका हुने पत्ता लगाएको छ । 

त्यसबारे रिपोर्टले भनेको छ ,‘एकातर्फ कम उमेरमै त्यसमाथि विश्वव्यापी आर्थिक संकटको धक्का प¥यो । त्यसपछि आर्थिक सुस्ती र त्यसपछिको कमजोर रोजगारीको अवस्थाले घाटा पु¥यायो । अझ धेरै देशमा देखिएको उच्च घरबार मुल्य, न्युन ब्याजर दर र न्यून आयले तिनलाई धनसम्पत्रि किन्न वा संग्रह गर्न कठिन बनायो । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप