शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी फर्काइयो

मङ्गलबार, ०५ कात्तिक २०७६, १० : १९
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना खुलाइएको छैन ।

भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए । उनीहरु नेपाल एयरलाइन्सको विमानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलबाट सोझै कुवेत जाने अर्को विमानमा चढेको बताइएको छ ।

अध्यागमनको आवश्यक प्रक्रिया पूरा नगरी उनीहरुले फर्जी कागजात प्रयोग गरेको जनाइएको छ । उनीहरुसँग खाडी देश जानका लागि आधिकारिक कागजपत्र नरहेको समाचारमा उल्लेख छ ।

उनीहरु कुवेत पुगेपछि फन्दामा परेका थिए । कीर्ते प्रक्रियाबाट कुवेत पुगेका उनीहरुलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको छ ।

उनीहरुलाई अवैध रुपमा कुवेत पु¥याउन नेपाल एयरलाइन्सका कर्मचारीको समेत भूमिका हुन सक्ने आशंकामा छानविन भइरहेको भारतीय अखबार ‘अमर उजाला’ दैनिकले जनाएको छ ।

ती महिला हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुसँग सोधपुछ भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप