बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भोक र गरिबीमा हुर्केका कादर खान यसरी बने सिनेमाका हिरो, यस्तो छ कहानी

मङ्गलबार, ०५ कात्तिक २०७६, १० : २१
मङ्गलबार, ०५ कात्तिक २०७६

कादर खान हिन्दी सिनेमाका यस्ता हिरा हुन् जसको चमक हिन्दी सिनेमामा वर्षौंसम्म रहिरहनेछ । आज उनी यो संसारमा त छैनन् तर सिनेमालाई दिएको उनको योगदान उनका चर्चित फिल्मको रुपमा सधैं रहिरहनेछ । कादर खान एक राम्रा नायक मात्रै नभई उत्कृष्ट डायलग राइटर र कमेडियन पनि थिए । २२ अक्टोबर उनको जन्मदिन हो । यो मौकामा उनीबारे केही जानकारी बटुलौं ।

कादर खानको जन्म हुन त अफगानिस्तानको काबुलमा भएको थियो । तर जीविकोपार्जनका लागि उनको परिवार मुम्बई सिफ्ट भएको थियो । यद्यपि, यहाँ पनि उनको परिवारलाई जीवन धान्न मुश्किल भयो । मुम्बईमा कादर खान र उनका परिवार एउटा फोहोर बस्तीमा बस्नु पर्यो । उनीहरुको स्थिती यति नाजुक थियो कि खानसमेत धौधौ थियो । कतिपटक त कादर खान खाली पेट नै सुत्नुपर्दथ्यो ।

आमाको जबरजस्ती दोस्रो विवाहः

जब उनी निकै साना थिए तब उनका आमा–बुवा अलग्गिए । त्यसपछि कादर खानमाथि दुःखको पहाड बज्रियो । पछि उनकी आमाको जबरजस्ती दोस्रो विवाह गराइयो ।


फोटो: Instagram@filmhistorypics

प्राध्यापक थिए कादर खान, इन्जिनियरिङका विद्यार्थीलाई पढाउँथेः

गरिबी र दुःखका कारण कादर खानले स्कूल पनि छोडिदिए र उनी बस्ने ठाउँमा एउटा मिल थियो, त्यहाँ काम गर्न थाले । तर उनकी आमाले कादर खानको मनोबल बढाउँदै पढ्नका लागि प्रेरित गरिरहिन् । पछि कादर खान इन्जिनियरिङ बने र मुम्बईको एक कलेजमा इन्जिनियरिङका विद्यार्थीलाई पढाउन थाले ।

फोटो: Instagram@bollywoodbharat

दिलिप कुमारका कारण फिल्ममा भयो इन्ट्रिः

यद्यपि, कतै न कतै उनीभित्र अभिनयप्रतिको मोह जन्मदेखि नै थियो । उनी कलेजमा हुने नाटकमा भाग लिने गर्दथे । यस्तै एक नाटकमा अभिनय गर्दा नायक दिलिप कुमारको नजर कादर खानमाथि पर्यो । दिलिप कादर खानबाट यति प्रभावित भए कि उनलाई आफ्नो फिल्ममा साइन गराए । यहीँबाट उनको अभिनयको यात्रा सुरु भयो ।

यो घातक रोगले लियो कादर खानको ज्यानः

कादर खानले आफ्नो करियरमा तीन सय बढी फिल्ममा काम गरेका छन् र १ हजार बढी फिल्मका लागि डायलग लेखे । तर सन् २०१८ मा कादर खानको निधन भयो । उनी सुप्रान्यूक्लियर पाल्सी नामको एक रोगबाट ग्रसित थिए । उनको क्यानडामा अन्तिम संस्कार गरियो । आफ्नो रोगका कारण उनी थुप्रै वर्षअघि छोरासँगै टोरोन्टो शिफ्ट भएका थिए ।

यो रोगका कारण कादर खान हिँड्डुुल पनि गर्न सक्दैनथे । सन् २०१५ मा उनको जीवन ह्विलचेयरमा सिमित भएको थियो । सन् २०१५ देखि उनको स्मरण शक्ति पनि गुम्न थालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप