मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थाई राजाले ‘श्रीमती’ लाई दिए विश्वासघातको सजाय

मङ्गलबार, ०५ कात्तिक २०७६, ०७ : ०७
मङ्गलबार, ०५ कात्तिक २०७६

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् ।

उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् ।

उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ।
राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनाभित्रै उनलाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए ।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।

Photo: REUTERS

को हुन् सिनीनात ?

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो ।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो ।

सिनीनातको उपाधि खोसिने घोषणा  सोमवार राजपत्रमा प्रकाशित भयो । उनी वर्षौंदेखि राजाको नजिक थिइन् ।

राजाले सुतिदासँग विवाह गरेपछि पनि सनीनात शाही कार्यक्रममा नियमित उपस्थित हुने गर्थिन् ।

Photo: REUTERS

राजमहलले के भन्यो ?

राजपत्रमा सोमबार प्रकाशित बयानमा मेमा भएको राज्याभिषेक अघि सिनीनातले ‘प्रतिशोध देखाइन् र रानीको नियुक्तिलाई कुनै पनि हालतमा रोक्नका लागि दबाब दिइएको’ बताइएको छ ।

बयानमा थपिएको छ, ‘राजाले आफूमाथिका केही दबाब कम होस् भनेर उनलाई शाही पद दिएका थिए साथै उनको नियुक्तिले राजतन्त्रलाई असर पार्ने समस्याको पनि समाधान हुने  आशा गरेका थिए ।’

यो बयानमा सिनीनातमाथि ‘राजा र रानीविरुद्ध विरोध गरेको र राजाको तर्फबाट आदेश दिनका लागि आफ्नो शक्तिको दुरुपयोग गरेको’ पनि आरोप लगाइएको छ ।

 बयानमा भनिएको छ, ‘उनी न त आफूले पाएको उपाधिका लागि आभारी थिइन् न नै उनको व्यवहार त्यो अनुरुप थियो ।’

राजाले उनका सबै शाही उपाधि, सम्मान, रोयm गार्डमा उनको उपाधि र सेनामा उनको र्‍याङ्कलाई फिर्ता लिने आदेश दिएका छन् ।

राजा महा वाचिरालोंगकोनका पिताको सन् २०१६ मा मृत्यु भएको थियो । त्यसपछिदेखि उनी राजगद्दीमा छन् ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप