केन्द्रीय संस्करण

गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआई

person explore access_timeकात्तिक ४, २०७६ chat_bubble_outline0

काठमाडौं– राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरुले भरपूर मनोरञ्जन लिन सक्नेछन् ।

आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरुको मन जित्ने प्रयास गरेको छ । यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी रहेको छ भने विलासितापूर्ण आरामदायी सीटको प्रवन्ध गरिएको छ ।

कर्माचार्य कम्प्लेक्स भित्र रहेको आईएनआई सिनेमा हलमा दुईवटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिन्छ । दुईवटा दर्शक दीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १८१ सीट र दोस्रोमा १५४ सीट गरी जम्मा ३३५ सीटको प्रवन्ध गरिएको छ ।

आईएनआईको विशेषता भनेको नेपालमा पहिलोपल्ट जी.डी.सी. सर्वर प्रविधि प्रयोग गरिएको छ, जसले गुणस्तरीय प्रदर्शन गर्ने क्षमता राख्दछ । कलात्मक नमूनामा निर्माण गरिएका यी प्रदर्शनदीर्घामा ब्राङ्को २० सी र डी ३ डी प्रविधि प्रयोग गरिएकोले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुनेछ । 

हललाई सम्भावित खतराबाट जोगाई पूर्ण सुरक्षित प्रविधिमा बनाइएको छ र दर्शकहरुका लागि हलभित्र नै विभिन्न प्रकारका धेरैथरि खानेकुराको व्यवस्था गरिएको छ । व्यवस्थापनले आफ्ना दर्शकहरुले यी हलहरुबाट पूर्ण मनोरञ्जन पाउने र नयाँ अनुभव पाउने विश्वास लिएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...