बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बादशाह जुट’ को ‘सुसाइड..’ गीतमा सुशील र रोशीको प्रेम

सोमबार, ०४ कात्तिक २०७६, १८ : १४
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– ‘बादशाह जुट’ १५ कार्तिक रिलिज मिति जुर्याएको फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यसको प्रचार प्रसार समेत तिब्र बनाएका छन् । फिल्मको केही दिन पहिले ‘सुसाइड..’ बोलको गीत समेत रिलिज भएको थियो । प्रेम हुने हुने तनाव गीतले ब्यक्त गरेको छ ।

सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत लगायत कलाकारको अभिनय रहेको गीतमा फिल्मका निर्देशक जोनी सिंह रानाको शब्द, कोसिस क्षत्रीको संगीत छ । रुपक डोटेल र संगीतकार क्षत्रीको स्वर रहेको गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । 

फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीले फिल्ममा अतिथि भूमिका निर्वाह गरेकी छन् । 

उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको द्धन्द, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षत्री र मोहित मुनालको संगीत रहेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हा ।  हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) फिल्मको निर्मातामा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप