बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी

सोमबार, ०४ कात्तिक २०७६, १७ : ५५
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् ।

उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ । 

प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप