बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र म्यानमारबीच मैत्रीपूर्ण फुटबल हुने

सोमबार, ०४ कात्तिक २०७६, १७ : ११
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले म्यानमारको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

कतारको दोहामा नेपाल र म्यानमारबीच यही कार्तिक ८ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार कतार जानेछ ।

सागका लागि नेपाली टोलीले गत साउनदेखि तयारी सुरु गरेको हो । प्रारम्भिक चरणमा ४५ खेलाडीबाट २५ खेलाडीको छनोट भईसकेको छ । साग यु–२३ टोलीमा तीनजना सिनियर खेलाडीले खेल्न पाउने नियम छ । कतार जाने टोलीमा २४ जना खेलाडी छन् । टोलीको प्रशिक्षकमा बालगोपाल मर्हजन छन् ।

कतार जाने टोली

गोलरक्षक : अर्पण कार्की, दिप कार्की र देव लिम्बु

रक्षक : दिनेश राजबंशी, सुमन अर्याल, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ र रोमन लिम्बु

मिडफिल्डर : हेमन्त थापामगर, बिक्रम लामा, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, रामचन्द्र वाजी र अन्जन बिष्ट

स्टाइकर : अभिषेक रिजाल, रेजिन सुब्बा, राजिब लोप्चान, प्रिजेन तामाङ, मिक्चेन तामाङ र नवयुग श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप