शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को लोकसेवा आयोगमा राजनीतिक भागवण्डा, बल्ल पायो पूर्णता

सोमबार, ०४ कात्तिक २०७६, १६ : ५४
सोमबार, ०४ कात्तिक २०७६

जनकपुर । प्रदेश नम्बर २ को लोकसेवा आयोगले पूर्णता पाएको छ ।

प्रदेश सरकारमा सहभागी दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भागवण्डाका आधारमा प्रदेश लोकसेवा आयोगलाई पूर्णता दिइएको हो । आयोगको अध्यक्षसहित एक सदस्य समाजवादी पार्टीले पाएको छ भने एक सदस्य सत्तासाझेदार दल राजपा नेपालले पाएको छ ।

करिब एक महिना अघि सुरेन्द्र यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरिएको थियो । उनी समाजवादी पार्टीको कोटामा परेका हुन् ।

यस्तै, सदस्यमा महारुद्र झा र डा. सुजाता देव नियुक्त भएका छन् । उनीहरुमध्ये झा समाजवादीको कोटामा नियुक्त भएका हुन् भने देव राजपा नेपालको कोटामा परेकी हुन् ।

नवनियुक्त सदस्यद्वयले सोमबार सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले दुवै सदस्यलाई सपथ ग्रहण गराए ।

प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पाएपछि अब प्रदेश सरकारलाई कर्मचारी भर्ना सम्बन्धी विज्ञापन निकाल्ने बाटो खुला भएको छ ।

प्रदेश २ मा समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकार छ । सरकारको नेतृत्व भने समाजवादी पार्टीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप