विश्वको नम्बर एक ब्राण्डमा एप्पल, चर्चित सामाजिक सञ्जाल फेसबुक टप टेनबाट बाहिरियो
काठमाडौं । पहिलो पटक विश्व प्रसिद्ध चर्चित सोसल मिडिया कम्पनी फेसबुक विश्वका १० शीर्ष ब्राण्डबाट बाहिरिएको छ । सन् २०१९ को विश्व शीर्ष १०० ब्राण्डको वरियतामा फेसबुक १४औं स्थानमा पुगेको हो । गत वर्ष फेसबुक आठौं स्थानमा थियो ।
पाँचौं स्थान तल झर्दै फेसबुक १४औं स्थानमा पुग्दा पहिलो नम्बरमा रहेको अमेरिकी कम्पनी एप्पलले भने यस वर्ष पनि आफ्नो वर्चश्व कायम राखेको छ ।
बहुराष्ट्रिय ब्राण्ड परामर्शदाता संस्था इन्टरब्राण्ड्जले सार्वजनिक गरेको यस वर्षको शीर्ष सय ब्राण्डको वरियतामा दोस्रो र तेस्रो स्थानमा क्रमशः गुगल र अमेजन छन् । त्यस्तै, चौथो ब्राण्डमा माईक्रोसफ्ट कम्पनी छ भने, पाँचौं र छैटौंमा क्रमशः कोका–कोला र सामसङ छन् ।
सातौं स्थानमा जापानी अटो निर्माता कम्पनी टोयोटा छ भने यस पटक शीर्ष सय ब्राण्डको आठौं स्थानमा जर्मन अटो कम्पनी मर्सिडिज पर्न सफल भएको छ । गत वर्ष यो स्थानमा फेसबुक थियो । तर यस वर्ष भने मर्सिडिजले सो स्थान कब्जा जमाउन सफल भएको हो ।
त्यस्तै, नवौं र दशौं स्थानमा भने क्रमशः अमेरिकी फाष्ट पूmड कम्पनी म्याकडोनल्ड र अमेरिकाकै एक मिडिया तथा मनोरञ्जन कम्पनी डिज्नी परेका छन् ।
वर्षभरी चलेको व्यापार, आर्थिक कारोबार र गतिविधिको जाँचपासका आधारमा निर्धारण गरिएको वरियतामा फेसबुक पछाडि धकेलिनुमा कम्पनीमाथि लागेको डेटा लिक आरोप र जरिवाना रहेको बुझिएको छ । डेटा लिक मामलामा फेसबुकले ५ अर्ब डलर जरिवाना तिरेको थियो ।
अमेरिकी रेग्युलेटर फेडरल ट्रेड कमिशन (एफटीसी) ले सामाजिक सञ्जाल कम्पनी फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाएको थियो । यो जरिवाना कुनै पनि प्रविधि कम्पनीमाथि लगाइएको अहिलेसम्मकै ठूलो हो ।
फेसबुकमाथि सन् २०१८ मा बेलायती परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई करोडौं प्रयोगकर्ताको जानकारी बेचेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा