शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रिपरले ठक्कर दिँदा एकजनाको मुत्यु, एकजना गम्भीर घाइते

सोमबार, ०४ कात्तिक २०७६, १६ : ४३
सोमबार, ०४ कात्तिक २०७६

परासी–  नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।  भैरहवा—भुमही सडक खण्डमा सोमबार  दिउँसो  टिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो । रामग्राम १८ कै  ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले जानएको छ । 

गम्भिर घाईते चौधरीको उपचार पृथ्वीचन्द्र अस्पताल परासीमा हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय डिएपी वीरेन्द्र थापाले जानकारी दिए । भैरहवाबाट भुमहीतर्फ आउँदै गरेको लु १ख ५६५८ नम्बरको ट्रिपर र बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको  जनाइएको छ  । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप