नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्दै ओलीले भने–थानकोट–चित्लाङ सुरुङमार्ग पनि बन्छ
सोमबार, ०४ कात्तिक २०७६, १६ : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोट–चित्लाङ सुरुङमार्ग पनि छिट्टै शिलान्यास गरिने बताएका छन् ।
राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले थानकोट -चित्लाङ सुरुङमार्ग बनेपछि ५ मिनेटमै आवजावत गर्न सकिने धारणा राखे । त्यसका लागि सर्भेको काम सुरु भैसकेको उनले जानकारी दिए ।
उनले आफ्नो सरकारले विकास र समृद्धि चाहेको भन्दै त्यसअनुसार कार्य भइरहेको पनि बताए ।
आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामको बेलिबिस्तार लगाउन लामो समय खर्चिएका प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपाल बनाइछाड्ने उद्घोष गरे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने