बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा (क्रान्तिकारी माओवादी)ले उपनिर्वाचन बहिष्कार गर्ने

सोमबार, ०४ कात्तिक २०७६, १५ : २७
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ ।  नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

निर्वाचन आयोगले तीनवटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो । देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । तर अव हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले सो उपनिर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाई छ ।

नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप