शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घाटामा रहेको भारतको सरकारी वायुसेवा ‘एयर इन्डिया’ लिलाम गर्ने तयारी

सोमबार, ०४ कात्तिक २०७६, १३ : १३
सोमबार, ०४ कात्तिक २०७६

एजेन्सी । भारतको सरकारी वायुसेवा ‘एअर इण्डिया’को बिक्री प्रक्रिया नोभेम्बरमा सुरु हुँदैछ । 

न्युज एजेन्सी पीटीआईका अनुसार सरकारले अर्को महिना लिलामीको आह्वान गर्ने योजनामा बनाइरहेको छ । लिलामी आह्वान भएपछि एयर इण्डियालाई किन्न चाहने कम्पनी वा व्यक्तिले निवेदन दिन सक्छन् ।
तथापि केही निकायले पहिले नै एयर इण्डियामाथि चासो देखाइसकेका छन् । 

सूत्रका अनुसार, यो महिनाको अन्त्यमा या अर्को महिना लिलामी प्रक्रिया अघि बढ्न सक्छ । यसको निवेदन हालै विकसित विद्युतीय निवेदन प्रणालीमार्फत गर्न सकिन्छ ।

जुन कम्पनीले निवेदन दिन्छन्, तिनले लिलामी हुन लागेको कम्पनीलाई किन्न इच्छुक भएको देखाउँछ । भारत सरकार एयर इण्डियाको १०० प्रतिशत शेयर बेच्ने तयारीमा छ । उता, एयर इण्डियाको कर्मचारी युनियनले लिलामीको प्रस्तावलाई विरोध गरिरहेको छ । 

झण्डै ५८ हजार करोड भारु ऋणमा डुबेको एयर इण्डियालाई आर्थिक वर्ष सन् २०१८–१९मा ८४ अर्ब भारु घाटा भएको थियो । एयर इण्डियालाई ठूलो संचालन शुल्क र फरेन एक्सचेन्ज लसको कारण नोक्सानी सामना गर्न परिरहेको छ । 

यो अवस्थामा एयर इण्डिया इन्धनको बाँकी रकमसमेत तिर्न सकिरहेको छैन । हालै तेल कम्पनीहरुले एयर इण्डियालाई दिदैं आएको इन्धन सप्लाई रोक्ने धम्की दिएका थिए । 

यसअघि अगस्ट महिनामा इण्डियन आयल र दुई अन्य तेल कम्पनीले तेलको पुरानो पैसा नदिएको कारण देखाउँदै एयर इण्डियालाई विभिन्न विमानस्थलमा इन्धन सप्लाई बन्द गरिदिएका थिए । 

त्यो समय एयर इण्डियाले तेल कम्पनीहरुलाई झण्डै ५० अर्ब भारु तिर्न बाँकी थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप