मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

'‘सक्किगो नि’ लोकप्रिय भएपछि मिडिया हवले विवाद निकाल्यो’

सोमबार, ०४ कात्तिक २०७६, १३ : ०५
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’को चरित्र र पत्र बीचको बिबाद अहिले प्रहरीसम्म पुगेको छ । ‘भद्रगोल’ निर्माण संस्था मिडिया हव ‘सक्किगो नि’ नामक टेलिशृङ्खलामा ‘भद्रगोल’मा प्रयोग भएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र हुबहु भएको र त्यो गर्न नपाउने दाबीसहित प्रहरीमा पुगेको हो ।

‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु प्रयोग नगर्न ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रियसन र त्यसका कलाकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरेको कारण आफू न्यायका लागि प्रहरीमा आएको मडिया हवका मालिक सोम धितालले बताए ।

‘यो हाम्रो दुई शृङ्खला बीचको लडाईँ होइन,’ धितालले भने ‘आफूले लगानी गरेको शृङ्खलाको पात्र र चरित्र आफैमा सुरक्षित हुनुपर्छ भन्ने मेरो माग हो ।’

यता ‘सक्कियो नि’मा आफूहरुले प्रयोग गरेको पात्र र चरित्र आफ्नो भएकोले जुनै शृङ्खलामा पनि प्रयोग गर्न पाउने कलाकार कुमार कट्टेले ‘जिग्री’ले बताए ।

हामीले मिडियाहवसँग मिलेर कार्यक्रम गर्दा पनि सहमतिमा पात्र र चरित्र हामीमै रहने भनेर एग्रिमेन्ट गरेका छौँ,’ कुमारले भने, ‘एग्रिमेन्ट अवधि भरमा हामीमा सुरक्षित भएको पात्र एग्रिमेन्ट सकिएपछि कसरी मिडिया हवको हुन्छ ?’


केही अगाडिसम्म ‘भद्रगोल’ जेपिटी क्रियसनले निर्माण गर्ने गदथ्र्याे भने प्रशारण जिम्मेवारी मिडियाहवको थियो । त्यसबापत मिडिया हवले जेपिटी क्रियसनलाई निर्माण खर्चसमेत उपलब्ध गराउने गदथ्र्योे  । तर पछिल्लो समय मिडियाहवले ‘भद्रगोल’ निर्माण खर्च दिन आनाकानी गर्दै निर्माण भएका धेरै भागको पनि खर्च दिन बाँकी राखेपछि जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार मिडिया हवबाट छुट्टिएका थिए ।

जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार छुट्टिएपछि मिडिया हवले अन्य कलाकार लिएर ‘भद्रगोल’ निर्माण तथा प्रसारण सुरु गरेको थियो । त्यसको केही समयपछि जेपिटी क्रियसनले पनि ‘सक्कियो नि’ निर्माण गरेको हो ।

जेपिटी क्रियसनले सुरु गरेको ‘सक्कियो नि’ अहिलेसम्म करिब ५ भाग मात्र प्रशारण भएको छ । ५ भागमै ‘सक्कियो नि’ वर्षाैदेखि प्रसार हुँदै आएको ‘भद्रगोल’ भन्दा लोकप्रिय भएपछि मिडियाहवले पात्र  र चरित्रको विषयमा विवाद सिर्जना गरेको कलाकार कुमार कट्टेल बताउँछन् ।

‘आइतबार हामीलाई प्रहरीबाट पनि बोलावट आएको थियो,’ कुमारले भने ‘मिडियाहवसँग भएको सम्झौताको एक प्रति प्रहरीमा देखाएपछि फर्काउनु भयो ।’

मिडिया हवसँग जेपिटी क्रियसनलले गरेको सम्झौताको बुँदा नम्बर १३ मा ‘भद्रगोल’ र भद्रगोल भित्रको सम्पूर्ण पात्रको चरित्रको अधिकार दोस्रो पक्षमा निहीत रहने भनिएको छ । सम्झौता पत्रमा दोस्रो पक्ष भनेर जेपिटी क्रियसनलाई उल्लेख गरिएको छ ।

‘सक्किगो नि’ जेपिटी क्रियसनमार्फत निर्माण भएको टेलिशृङ्खला हो । यसका लेखन तथा निर्देशन कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप