शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सचिव डा.चौधरीद्वारा राजीनामा

सोमबार, ०४ कात्तिक २०७६, १२ : १२
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् ।

स्वास्थ्य मन्त्रालायका अनुसार चौधरीको राजीनामा स्वीकृत भने हुन बाँकी रहेकाे छ । 

विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा.चौधरीले राजीनामा दिएको बताइएको छ । 

डा. चौधरी गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् । चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा आनाकानी भएकाे बताइएकाे छ ।डा. चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए । 

विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पि फाइब लेभलमा जागिर खान जानकै लागि उनले सर्वोच्चको मुद्दा पनि फिर्ता लिइएको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप