शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह अघि नै आमा बन्दैछिन् नायिका कल्की कोचलिन

सोमबार, ०४ कात्तिक २०७६, १२ : ०२
सोमबार, ०४ कात्तिक २०७६

शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजना भयो । यो कार्यक्रममा सबैभन्दा विशेष उपस्थिती अभिनेत्री कल्की कोचलिनको रह्यो ।

रेड कार्पेटमा कल्कीले पहिलोपटक आफ्नो बेबी बम्प देखाएकी थिइन् ।

कल्की पहिलो पटक गर्भवती छिन् र उनले चाँडै नै पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।

विवाह अघि सन्तानको योजना बनाएका कारण कल्कीको निकै चर्चा छ ।

३५ वर्षकी कल्की डिसेम्बरमा प्रेमी गाय हर्सबर्गको बच्चालाई जन्म दिनसक्ने अनुमान गरिएको छ ।

कल्कीले बच्चालाई वाटर बर्थिङमार्फत् जन्म दिने जानकारी दिएकी छिन् ।

यसअघि कल्कीले सन् २०११ मा फिल्म निर्माता अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । यद्यपि, सन् २०१५ मा यी दुईको सम्बन्धविच्छेद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप