शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४७ टेकिन् अभिनेत्री मनिषा

बुधबार, ३२ साउन २०७४, १६ : ४५
बुधबार, ३२ साउन २०७४

काठमाडौं – नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला ४७ बर्ष पुगेकी छन् । उनी ४६ पुरा गरेर आजबाट ४७ लागेकी हुन् । केही म्युजिक भिडियो र एक नेपाली चलचित्र अभिनयपछि बलिउड तिर हानिएकी कोइरालाले ‘सौदागर’ चलचित्रबाट हिन्दी चलचित्र अभिनय थालेकी हुन् । 


पहिलो चलचित्र नै दीलीप कुमार र राजकुमार जस्ता कलाकारसँग अभिनय अवसर पाएकी उनले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ जस्तौ कयौ सुपर हित चलचित्र दिएकी छन् । 


पछिल्लो समय मनिषाको ‘डियर माया’ चलचित्र आएको थियो । क्यान्सर गोगलाई जितेर फर्किएकी कोइरालाको करियर ड्रग्स सेवनले बिग्रिएको भारतीय मिडियाले समाचार बनाएका छन् ।

केही पहिले नएक नेपाली व्यवसायीसँग बिबाह गरेकी मनिषाको उक्त बिबाह लामो समय टिक्न सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप