शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्दुर नहुँदा सिउँदोमा लिपिस्टिक लगाइदिएर शम्मी कपुरले गरेका थिए विवाह

सोमबार, ०४ कात्तिक २०७६, १० : ४७
सोमबार, ०४ कात्तिक २०७६

बलिउड अभिनेता शम्मी कपुरको जन्म २१ अक्टोबर सन् १९३१ मा मुम्बईमा भएको थियो । उनको वास्तविक नाम शमशेर कपुर थियो । शम्मीले पर्दामा थुप्रै रोमान्टिक भूमिका निभएपनि वास्तविक जीवनमा उनको प्रेमजीवन निकै वियोगान्त रह्यो । उनको जन्मदिनको अवसर पारेर उनीबारे केही विशेष जानकारी लिऔं ।

बाल्यकाल र पढाईः

शम्मी कपुरको बाल्यकाल पेशावरको ‘कपुर हवेली’ मा बितेको थियो जुन अब पाकिस्तानको हिस्सा हो । यसका साथै, उनी कोलकातामा पनि थुप्रै वर्षसम्म बसे । त्यसपछि उनले मुम्बईमा आफ्नो पढाई पूरा गरे ।

अभिनयको सुरुवातः

शम्मी कपुर सुरुमा आफ्नो पिता पृथ्वीराज कपुरको थिएटर कम्पनीसँग जोडिए । सन् १९५३ मा उनको पहिलो फिल्म ‘जीवन ज्योति’ रिलिज भयो ।

अधुरो रह्यो पहिलो प्रेमः

शम्मी इजिप्टकी चर्चित बेली डान्सरसँग सम्बन्धमा थिए तर जब उनी आफ्नो देश फिर्ता भइन् तब दुईबीचको प्रेम समाप्त भयो ।

सिन्दुर नहुँदा लिपिस्टिकले भरिदिए सिउँदोः

त्यसपछि शम्मी कपुर नायिका गीता बालीसँग नजिकिए । दुबैको प्रेम उत्कर्षमा पुग्यो र उनीहरुको विवाह गर्ने निर्णय गरे । कपुर परिवार उनीहरुको सम्बन्धका विरोधी थिए त्यसकारण गोप्य तरिकाले मन्दिरमा विवाह गरे । विवाह गर्दा उनीसँग सिन्दुर पनि नभएको र शम्मीले गीता बालीको सिउँदो लिपिस्टिकले भरिदिएको भारतका विभिन्न संचारमाध्यमले दाबी गरेका छन् ।

गीता बालीको निधनः

विवाह गरेर यो जोडी शम्मीको घरमा पुगे । केही दिनसम्म परिवारका सदस्य रुष्ट भएपनि पछि उनीहरु राजी भए । शम्मी र गीताका दुई सन्तान भए । विवाह भएको १० वर्षपछि गीता बालीलाई ठेउला आयो र उनको स्वास्थ्य यति बिग्रियो कि उनको सन् १९६५ मा मृत्यु भयो ।

टुटे शम्मीः

गीता बालीलाई शम्मीले निकै प्रेम गर्दथे । उनको निधन पछि उनी डिप्रेशनमा गए । उनले आफ्नो हेरबिचार गर्न छोडिदिए । उनले थुप्रै दिनसम्म खानासमेत खान छोडे । साथै, पीडा बिर्सनका लागि उनले रक्सीको समेत सहारा लिए ।

मुमताजसँग बस्यो प्रेमः

त्यसपछि शम्मी नायिका मुमताजसँग नजिकिए । उनले मुमताजलाई प्रस्ताव पनि राखे । तर विवाह पछि अभिनय छोड्नुपर्ने शर्तका कारण मुमतानले उनको प्रस्ताव अस्विकार गरिन् । त्यसपछि शम्मी दोस्रो विवाह गर्ने मनसायमा थिएनन् ।

यो शर्तमा गरे दोस्रो विवाहः

परिवार र आफन्तले उनलाई छोराछोरीका लागि भएपनि दोस्रो विवाह गर्न मनाए । त्यसपछि उनको नाता भावनगरको राज खलककी रिना देवीसँग जोडियो । यद्यपि, शम्मीले उनी कहिले पनि आमा नबन्ने र उनको सन्तानको हेरबिचार गर्नुपर्ने शर्त अघि सारे ।

निधनः

सन् २०११ को अगस्ट ७ मा शम्मी कपुरलाई मृगौला रोगका कारण अस्पताल भर्ना गरियो । उनको स्वास्थ्य तीब्र गतिमा ब्रिग्रियो र १४ अगस्ट सन् २०११ मा उनको उपचारको क्रममा मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप