शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभासद सिन्धुले बनाइन् दुई गीत

बुधबार, ३२ साउन २०७४, १६ : ४३
बुधबार, ३२ साउन २०७४

काठमाडौं – सभासद सिन्धु जलेशा बुढाथोकीले राष्ट्रिय भाव ‘एसियाको माझ’  र तीज गीत ‘नाचौ छम छम मी’  एकसाथ ल्याएकी छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा दुबै गीत भिडियो सहित सार्वजनिक गरियो ।


एमाले नेता प्रदीप ज्ञावली, नेपाली काग्रेसका नेता तथा पुर्व गृहराज्य मन्त्री देबेन्दै राज कडेल लगायतको उपस्थितीमा सिन्धुले गीत सार्वजनिक गरेकी हुन् ।


सिन्धुकै शब्द तथा स्वर रहेको राष्ट्रिय भावको गीतको भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीको र शिव पंगेनीको छायाँकन रहेको छ । तिज गीतको भिडियो पनि यहि समुहले निर्माण गरेको हो ।

– कार्यक्रममा नेता ज्ञावलीले सिन्धुको बिभिन्न क्षेत्रमा रहेको क्रियासिलताको प्रशंसा गरे । 
– कांग्रेस नेता देवेन्द्रराज कंडेलले सिन्धुको गीतले दर्शक तथा श्रोताको मन छुन सक्ने धारणा राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप