बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखाका ब्रेन ट्युमरका बिरामी प्रेम पाठकलाई जापानबाट आर्थिक सहयोग प्रदान

सोमबार, ०४ कात्तिक २०७६, ०९ : ३१
सोमबार, ०४ कात्तिक २०७६

गण्डकी गाँऊपालीका वडा न.८ साबिकको घ्याल्चोक गाविस निवासी होम बहादुर पाठकका छोरा प्रेम पाठकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

कमजोर आर्थिक अवस्थाको कारण उपचार कार्यमा असहजता पैदा भएकाले उपचार कार्य सहज बनाउन ‘प्रेम पाठक बचाउ अभियान समिति’ गठन गरी गोरखा समाज जापानको रोबहरमा जापानमा बसोवास गर्दै आएका गण्डकी गाँउपालीका निवासी धुव्र अधिकारीको संयोजकत्वमा  उठाइएको १४५००० (एक लाख पैंतालिस हजार) जापान मनी एक्सप्रेस मार्फत पठाइएको थियो । 

ब्रेम ट्युमरबाट ग्रसित प्रेम पाठक  विर अस्पतालमा उपचारको क्रममा रहेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर तथा आमाबुवा पनि शारीरिक रुपमा अशक्त भएकाले उनलाई आर्थिक सहयोग गरिएको गोरखा समाज जापानका अभियान संयोजक ध्रुव अधिकारीले जानकारी दिए । 

 एबीसी टेलिभिजनको कार्यक्रम इन्द्रेणीमा एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो । 

जापानमा कार्यरत धु्रब अधिकारी तत्कालीन माओवादी केन्द्रका ‘गोरखा समाज जापान’का पूर्व केन्द्रीय सदस्य हुन् । उनी विभिन्न संघ–संस्थामा आवद्ध छन् । 

 संयोजक अधिकारीले अन्य रकम पनि उठ्न बाँकी रहेको र उठेपछि उनलाई हस्तान्तरण गरिने जानकारी दिए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप