शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी युद्धस्तरमा: मन्त्री केसी

बुधबार, ३२ साउन २०७४, ०६ : ००
बुधबार, ३२ साउन २०७४

काठमाडौं– सरकारले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई युद्धस्तरमा अघि बढाउने भएको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले प्रतियोगिताको तयारीको कामलाई युद्धस्तरमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले दक्षिण एशीयाली खेलकुद प्रतियोगिता राष्ट्रको प्रतिष्ठासँग सोझै जोडिएको विषय भएको उल्लेख गर्दै त्यसको तयारीमा सरकार जुटिसकेको पनि स्पष्ट पारेका छन् । 

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री केसीले भूकम्पले क्षेतिग्रस्त बनाएको खेल मैदानहरुको पुनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले भने, ‘सरकार खेलकुद क्षेत्रलाई मर्यादित, सम्मानित बनाएर राष्ट्रको पहिचानलाई उचो बनाउन लागि परेको छ ।’

मन्त्री केसीले ७ वटै प्रदेशमा खेलकुद मैदान बनाउने कामलाई सरकारले उत्तिकै जोड दिएको पनि दोहोर्याए । उनले विराटनगर, वीरगञ्ज, पोखरा र झापामा प्रदेशस्तरीय खेलकुद मैदान बनाउने तयारी भएको र अन्य ठाउँमा पनि त्यसको सम्भाव्यता अध्ययणको कामलाई अघि बढाइएको समेत बताए । चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा संघीय ढाँचा अनुसार सात वटै प्रदेशमा खेलकुद मैदान बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

मन्त्री केसीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सुझाव पनि संचारकर्मीहरुसँग पनि आग्रह गरे । सरकारले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको दशरथ रंगशालाको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप