बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टेनिस स्टार नडालले गरे विवाह, जिशासँग १४ वर्षदेखि प्रेममा थिए

सोमबार, ०४ कात्तिक २०७६, ०७ : ५२
सोमबार, ०४ कात्तिक २०७६

स्पेनका टेनिस खेलाडी राफेल नडालले आफ्नो १४ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनले शनिबार प्रेमिका जिशा पेरेलोसँग मलोरकामा विवाह गरेका छन् ।

नडालले गत वर्ष जिशासँग इन्गेजमेन्ट गरेका थिए । त्यति नै बेला टेनिस स्टारले जिशालाई विवाहका लागि प्रस्ताव पनि राखेका थिए । यी दुई सने २००५ देखि डेटिङ गरिरहेका थिए ।

रिपोर्टका अनुसार चार दशकसम्म स्पेनका राजा भएका जुआल कार्लोस प्रथम पनि उनीहरुको विवाहमा सरिक भएका थिए । विवाहमा ३५० पाहुनको उपस्थिती थियो । विवाहका आधिकारिक तस्बिर सार्वजनिक भएका छैनन् ।

पेरोलो राफेल नडाल संस्थानकी प्रोजेक्ट डायरेक्टर हुन्ः

३१ वर्षकी परेलो इन्भेस्टमेन्ट बैंकर थिइन् । पछि उनले जागिर छोडेर राफेल नडाल संस्थानमा प्रोजेक्ट डायरेक्टरको रुपमा काम गर्न थालिन् । यो च्यारिटेबल ट्रस्टलाई नडालले १० वर्ष अघि सुरु गरेका थिए । नडाल र पेरेलोको भेट टेनिस स्टारकी बहिनी मेरिबेलले गराएकी थिइन् ।

पेरोलो आफूलाई लाइमलाइटबाट टाढा राख्छिन् । उनी कहिलेकाँही नडालको खेल हेर्न स्टेडियममा पनि देखिन्छिन् । ३घ वर्षका नडालले विवाहका लागि त्यही प्यालेस छाने जहाँ बीबीसीको चर्चित टेलिभिजन सिरिज नाइट म्यानेजरको सुटिङ भएको थियो । यही स्थानमा वेल्स र रियल मड्रिडका लागि फुटबल खेल्ने ग्यारेथ बेल र पूर्व टेनिस स्टार कार्लोस मोयाले पनि विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप