बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको गोलीबारीमा नेपाली मूलका दुई सैनिकको मृत्यु भएपछि भारतले  जवाफी कारवाही गरेको दाबी

सोमबार, ०४ कात्तिक २०७६, ०७ : ०३
सोमबार, ०४ कात्तिक २०७६

पाकिस्तानले कुनै सटिक कारण बिना नै सर्वसाधारणमाथि गोलीबारी गरेको भारतीय सेनाले बयान जारी गर्दै आरोप लगाएको छ । भारतीय सेनाका अनुसार गुन्डीशत गाउँ र तंगधारमा पाकिस्तानी सेनाको गोलीबारीमा परी एक सर्वसाधारणको र तीन नेपाली मूलका जवानको मृत्यु भएको छ । गोलीबारीमा परी तीनजना घाइते भएको  जानकारी दिएको छ ।

उक्त गोलीबारीमा हवलदार पदम बहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको बयानमा जानकारी दिइएको छ ।

यस्तै, ५५ वर्षका मोहम्मद सादिक नामका एक सर्वसाधारणको पनि मृत्यु भएको  । यसका साथै ७० वर्षका मोहम्मद मकबूल, ५० वर्षका मोहम्मद शफी र २२ वर्षका युसूफ हादिम पनि घाइते भएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी बयानमा भारतीय इलाकामा चरमपन्थीहरुको घुसपैठका लागि पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।  

यसको जवाफमा भारतीय सेनाले बदलाको कारवाही गर्दै चरमपन्थी इलाकालाई निशाना बनाए । भारतका थल सेना अध्यक्ष जनरल बिपिन रावतले मिडियासँगको कुराकानीमा उक्त कारवाहीमा पाकिस्तानका ६ देखि १० सैनिक मारिएको बताए । यसका साथै चरमपन्थीहरुका तीनवटा शिविर पनि ध्वस्त पारिएको जानकारी दिए ।

बिपिन रावतका अनुसार उक्त कारवाहीमा पाकिस्तान सीमामा ६ देखि १० चरमपन्थी पनि मारिएका छन् ।

उता पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतमाथि बिना कारण नै युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । गफरले ट्वीटमा भनेका छन्, ‘भारतले कुनै कारण बिना नै जुरा, शाहकोट र नौशेरी सेक्टरमा युद्धविरामको उल्लंघन गर्दै नागरिकलाई निशाना बनाएका छन् ।’

‘हामीले यसको कडा जवाफ फर्काएका छौं । भारतीउय सेनाका ९ जवान मारिए भने थुप्रै घाइते भएका छन् । दुई भारतीय बंकर पनि नष्ट गरिएका छन् । दोहोरो गोलीबारीमा एक पाकिस्तानी सेना र तीन सर्वसाधारणको ज्यान गएको छ र सेनाका दुई जवानका साथै पाँच सर्वसाधारण घाइते भएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप