बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति पेन्ट्सद्वारा ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ को घोषणा

बुधबार, ३२ साउन २०७४, १६ : २४
बुधबार, ३२ साउन २०७४

काठमाडौं–पशुपति पेन्ट्सले ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको महान् पर्व दशैँ र तिहार लक्षित गर्दै  ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको हो ।

 
उक्त योजना भाद्र १ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनामा सहभागी हुन उपभोक्ताले कम्तिमा ५० हजार बराबरको पशुपति पेन्ट्सका उत्पादन खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । 


कम्पनीका अनुसार योजनामा सहभागी उपभोक्तालाई एक थान लक्कि ड्र कुपन उपलब्ध गराइने जनाइएको छ । यसरी संकलित लक्कि ड्र कुपनहरु मध्यबाट गोलाप्रथाद्वारा विजेता छनोट गरि तिनलाई विभिन्न उपहारको ब्यवस्था समेत रहेको कम्पनीले जानकारी दिएको छ । 


लक्कि ड्र कुपन मार्फत भाग्यशाली विजेता एक जनाले बम्पर पुरस्कार स्वरुप बजाज पल्सर एनएस २०० जित्न सक्नेछन् । त्यसैगरी योजनाको प्रथम पुरस्कारका रुपमा १ थान सुजुकी लेट्स स्कुटर १ जनालाई, दोस्रो पुरस्कारका रुपमा स्मार्टफोन ४ जनालाई, तेस्रो पुरस्कारका रपमा आइप्याड ४ जनालाई, चौथौँ पुरस्कारका रुपमा आई थ्री ल्यापटप ४ जनालाई, पाँचौँ पुरस्कारका रुपमा ट्याब्लेट  ४ जनालाई , छैठौँ पुरस्कारका रुपमा ५ ग्राम सुन ८ जनालाई र सातौँ पुरस्कारका रुपमा १ सय ग्राम चाँदी १६ जनालाई ब्यवस्था गरिएको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप