मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी जापानमा

आइतबार, ०३ कात्तिक २०७६, २२ : ०१
आइतबार, ०३ कात्तिक २०७६

जापान- राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आज राति राजधानी टोक्यो आइपुगेकी छिन् । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आज राति १० बजे  थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै यहाँ आइपुगेको हो । 

राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर  थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत रहेका छन् ।  

जापानी सम्राट् नोरुहितोको कात्तिक ५ गते मङ्गलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप