शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जामा छतबाट खसेर मृत्यु

आइतबार, ०३ कात्तिक २०७६, २० : २१
आइतबार, ०३ कात्तिक २०७६

पोखरा । स्याङ्जामा छतबाट खसेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका १० स्याङ्जा मोदी खोला निवासी ७८ वर्षीय श्यामलाल ढकालको छतबाट खसेर मृत्यु भएको हो । 
मृतक ढकाल मोदी खोलामै बस्ने आफ्नी छोरी भेट्न उनको घर पुगेका थिए । छोरीको घरमा पुगेका ढकाल २ तला माथिबाट खसेर घाइते भएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पु¥याइएको थियो । 

उपचारको लागि स्वास्थ्य चोकी पु¥याइएका ढकाललाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप