शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन फाइनलमा प्रवेश

आइतबार, ०३ कात्तिक २०७६, १९ : ४४
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं – चितवन राइनोज काठमाडौंमा जारी महिला च्याम्पियन्स लिग (डब्लूसीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा आइतबार भएको खेलमा बिराटनगर टाइटन्सलाई ५३ रनले हराउँदै चितवन फाइनलमा प्रवेश गरेको हो । चितवनले समूह चरणका सबै खेलमा जित निकाल्न सफल भयो । 

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । चितवनको जितमा काजल श्रेष्ठले सर्वाधिक ३६ रन बनाईन् । कन्चन श्रेष्ठले ३४, कप्तान इन्दु बर्माले अविजित १७ र सुमन खतिवडाले १० रन बनाईन् । बलिङमा बिराटनगरकी सबनाम राईले दुई, शर्मिला रानामगर, आरती बिडारी र सोनु खड्काले एक एक विकेट लिए ।

 एक सय २३ रनको विजय लक्ष्य पछ्याएको बिराटनगर १७.५ ओभरमा अवै विकेटको क्षतिमा ६९ रनमा समेटिएको थियो । बिराटनगरका लागि ज्योती पाण्डे र डोली भट्टले समान २१÷२१ रन बनाए । अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । बिराटनगरलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले तीन विकेट लिईन् । कविता प्येयर अफ दी म्याच घोषित भईन् । सुमन खतिवडाले दुई तथा सन्तोषी चौधरी, रितु कनौजिया र रेखा रावलले एक एक विकेट लिए । 

यसैगरी आइतबारनै भएको अर्को खेलमा ललितपुर फाल्कोन्सलाई आठ विकेटले हराउँदै क्याट क्विन्स काठमाडौंले प्ले अफमा स्थान बनाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो । ललितपुरका लागि रोशनी बोहोराले अविजित २९ रन बनाइन् । 

कप्तान नेरी थापाले २२, ममता चौधरीले १५ र गिता गोसाईले १३ रन बनाईन् । काठमाडौंका इश्वरी बिष्टले दुई र सरस्वती कुमारीले एक विकेट लिए । एक सय ६ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । काठमाडौंको जितमा कप्तान रुविना क्षेत्रीले अविजित ५९ रन बनाइन् । रोमा थापाले १८रन बनाइन । ललितपुरकी सम्झना खड्का र एलिसा केसीले एक एक विकेट लिए । काठमाडौंकी रुविना क्षेत्री प्लेयर अफ दी म्याच भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप