बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई हवाई टिकटमा क्यास ब्याक अफर

आइतबार, ०३ कात्तिक २०७६, १९ : १०
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज बीच सम्झौता भएको छ । सम्झौताअनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३०० क्यास ब्याक प्राप्त गर्न सकिन्छ । 

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि  NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे । 

कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप