बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यानको भावी योजना बनाउन विभिन्न समिति गठन

आइतबार, ०३ कात्तिक २०७६, १८ : ३७
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ । क्यान केन्द्रीय कार्य समितिको आईतबार काठमाडौंको मूलपानीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो ।

प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र सञ्चार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ । क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । 

बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप