चौथो ग्लोबल नेपाली फिल्म अवार्डको घोषणा
काठमाडौं –‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकाको सन् फ्रान्सिस्कोमा आयोजना हुने भएको छ ।
नेपाली चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले आयोजना हुँदै आएको अवार्डको यो चौथो संस्करण हो ।
नेपाल फिल्म सोसाइटीले यो अवार्ड गोल्डेन मूभी मेकरसँगको सहकार्यमा आयोजना गर्दै आएको हो ।
नेपाल फिल्म सोसाइटीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्ड ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ ३० नोभेम्बर देखि १ डिसम्बेरसम्म अमेरिकामा आयोजना हुने जानकारी दियो ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको यो पटकको अवार्डमा ‘भिजिट नेपाल २०२०’ प्रचार समेत गर्न आयोजकले जनाएको छ ।
नेपाली फिल्मलाई बिश्वबजारमा समेत पुरयाउने उदेश्य रहेको अवार्डको बिधा र नोमिनिज फिल्म तथा फिल्मकर्मीको नाम भने अहिले सार्वजकि गरिएको छैन ।
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ठ अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, सांस्कृतिक संघका सभापति तिर्थ थापा, अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, श्याम भट्टराई, निर्देशक नारायण पुरी लगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै