शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपीडितका नाममा खेती गर्ने ख्रीष्टियन समाजको यस्तो तरिका

बुधबार, ३२ साउन २०७४, १५ : ४९
बुधबार, ३२ साउन २०७४

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालको तराई लगायत पूर्व तथा पश्चिमका अधिकांश क्षेत्रमा ठूलो क्षति भएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान चलाइरहेका छन् ।  

नेपालको तराई लगायतका क्षेत्रमा गएको बाढी पहिरोले लाखौं मानिस प्रभावित भइरहेको समयमा ‘सेन्टिमेन्ट क्याच’ गर्दै हजारौं व्यक्ति तथा संघ संस्थाका नाममा राहत संकलन गर्ने काम भएको भन्दै गृहमन्त्रालयले सरकारी संयन्त्रबाट मात्रै राहत बाँड्न निर्देशन दिएको थियो ।  

बाढीपीडितहरुलाई राहतका लागि भन्दै विभिन्न संघ सस्थाले जलमग्न भएको तराई क्षेत्र तथा बाढी पहिरोले क्षतविक्षत भएको फोटो इन्टरनेटमा राख्दै सहयोग उठाइरहेका छन् भने कतिले आफ्नो संस्थाको लेटर हेडमै लामो अनुरोध पत्र लेखेर दाताहरुको मन पगाल्न लागिपरेका छन् ।

यो पनि पढ्नुस् 

बाढीको फोटो राखेर सुरु भयो डलर उठाउने धन्दा !

नेपाल ख्रीष्टियन समाज नामको एक धार्मिक संगठनले पनि सबै नेपालीले नबुझ्ने गरेर अंग्रेजीमा एक पृष्ठ लामो अनुरोध पत्र लेखेका छन् । जुन, विदेशी दाताहरुका लागि लक्षित देखिन्छ । नेपाली भाषामा लेखिएको विज्ञप्ति र अंग्रेजी भाषामा लेखिएको पत्र पनि फरक फरक छ । ‘अहिलेको विषम परिस्थितिमा यथासक्य चाँडो सहयोग र प्रार्थनाको हात अघि बढाउनुहोस्’– अंग्रेजीमा लेखिएको अनुरोध पत्रमा भनिएको छ ।  

सरकारले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुलाई जथाभावी राहत वितरणमा रोक लगाउँदै सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गर्ने बताइरहँदा यस्ता धार्मिक तथा समाजिक संघ संस्थाहरु भने दाताहरुबाट सहयोग जुटाएर बाढी पीडितलाई राहत दिन पर्खिबसेका छन् । 

गृह मन्त्रालयमा सोमबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले गैर सरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप